नेशलन लाइफ इन्सुरेन्सको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेशलन लाइफ इन्सुरेन्सको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशलन लाइफ इन्सुरेन्सले ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले श्रीगणेश प्रोपटर्टिज एन्ड इन्भेष्टमेन्टको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा नेशनलकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापकले कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।