नेप्सेमा ६०.४१ अंकको उच्च वृद्धि, कारोबार रकम ४ अर्ब माथी

नेप्सेमा ६०.४१ अंकको उच्च वृद्धि, कारोबार रकम ४ अर्ब माथी


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ६०.४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलब ९१ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने खासै बृद्धि भएको छैन । आज ४ अर्ब १२ करोड ६९ लाख बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन डिष्ट्रिलरी, मध्यभोटेकोशी जलविद्युत कम्पनी  र सूर्या लाईफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।   

त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरको भएको छ । यस कम्पनीको आज ४४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।