एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा अवितरित भई लिलामी खुला गरिएको सर्वसाधारण समूहतर्फको सेयर पुस १५ गते बिहीबार बाँडफाँड भएको छ ।

बैंकले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सर्वसाधारण समूहतर्फ २७ हजार २३७ दशमलव २००४ कित्ता अवितरित हकप्रद सेयरहरु शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आह्वान गरी लिलामी बढाबढमा बिक्री खुला गरेको थियो ।

पुस १३ गते निष्काशन कम्पनी तथा बिक्री प्रबन्धकका प्रतिनिधहरुको रोहवरमा शिलबन्दी बोलपत्र खुला गरिएकोमा १५ गतेका दिन प्रचलित कानून बमोजिम बाँडफाँड गरिएको सूचना प्रकाशित गरी जानकारी दिइएको छ ।

लिलामी सेयरको सर्वसाधारण समूहतर्फको बाँडफाँडको अन्तिम मूल्य ४५६.७८ रुपैयाँ निर्धारण भएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ ।

साथै लिलाम बढाबढमा बाँडफाँडमा नपरेको शेयर वापतको फिता भुक्तानी रकम पुस १९ गते सोमबारदेखि आवेदकले आफ्नो आबेदन फाराममा उल्लेख गरेको बैंक।वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने जनाएको छ । आवेदकलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरि रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिएको छ ।