बैंक अफ काठमाण्डूको \’बिओके स्मार्ट सेभिङ एकाउन्ट\’ सुरुवात

बैंक अफ काठमाण्डूको \’बिओके स्मार्ट सेभिङ एकाउन्ट\’ सुरुवात


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै BOK Smart Savings Account सार्वजनिक गरेको छ । “कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ । 

उक्त बचत खाता ग्राहक महानुभावहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ । थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।