सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, हेर्नुहोस् कुनको कति लाभांश

सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, हेर्नुहोस् कुनको कति लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पौष १८ गते, आइतबार) विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १९ गते, सोमबार बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे ११औं वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १९ गतेदेखि पौष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चाेकमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (पौष १९ गते) एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसकाे सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कालिका पावर कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (पौष १९ गते) देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (पौष १९ गते) देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्दैछ । सभामा कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।