नविल इन्भेष्टमेन्टको “आजिवन डिम्याट खाता” २०२२ अफर

नविल इन्भेष्टमेन्टको “आजिवन डिम्याट खाता” २०२२ अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल इन्भेष्टमेन्टले “आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएको छ ।

कम्पनीले २०७७ पुस २६ देखि नै डिम्याट खाता खोल्दा एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गरे आजिवन डिम्याट नविकरण गर्न नपर्ने अफर लागु गरेको छ ।

तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मका लागि डिम्याट खाता खोल्नेहरुका लागि कम्पनीले रु. ९७८ छुटसहित जम्मा रु. २०२२ मा आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने कम्पनीले अफर ल्याएको हो ।

नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष सम्बन्धित कम्पनी तथा तोकिएको अनलाइन पोर्टलबाट नबिकरण गराउनु पर्ने नियम छ ।

जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नविकरण गराउन असमर्थ भएको तथा प्रत्येक वर्षको झन्झटले खाता नविकरण नगर्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले हाल कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्नेलाई नेपालमै पहिलोपटक आजिवन डिम्याट खाताको प्रणाली सुरु गरिसकेको थियो ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफूले भुक्तानी गर्नुपर्ने नविकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्तगर्न सक्नेछन् ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खातान बिकरणको झन्झटबाट मुक्त भै फाईदा लिने विश्वास लिएको जनाएको छ ।