गणपति लघुवित्तको साधारण सभा सम्पन्न: लाभांश पारित, तीन जना नयाँ सञ्चालक निर्वाचित

गणपति लघुवित्तको साधारण सभा सम्पन्न: लाभांश पारित, तीन जना नयाँ सञ्चालक निर्वाचित


बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश शेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगाएतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको छ । 

पौष १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए । साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन ।