मिर्मिरे तथा मिथिला लघुवित्त सहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

मिर्मिरे तथा मिथिला लघुवित्त सहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार


बैंकिङ्ग समाचार, काठमाडौं ।
५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (पुस १८ गते) सम्म रहेको छ । 

मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकाले आइतवार (पुस १८ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ । 

त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएसँगै पुस १८ गते (आइतवार) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ । 

त्यस्तै, प्रोगेशिभ फाइनान्स कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्ने भएको छ । 

त्यसैगरी, सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै पुस १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१० चितवनमा साधारण सभा बोलाएको हो ।