गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा शनिवार हुँदै

गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा शनिवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार (पुस १७ गते) हुँदैछ । 

सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी, दुलेगौडा, तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले यस लघुवित्त वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।