सूर्योदय लघुवित्तसहित ३ ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै

सूर्योदय लघुवित्तसहित ३ ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन ओटा अलग – अलग कम्पनीको साधारण सभा शुक्रवार हुने भएको छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्था,वोमी लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेडले शुक्रवार साधारण सभा बोलाएका हुन् । 

सूर्योदय लघुवित्तले सभा बिहान ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका  ३ स्थित सहयात्री पार्टी प्यालेस गुडिखोलामा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले यस सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले शेयर स्वाप रेशियो १ : १ अनुपात निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १ गतेदेखि १६ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ । हाल कम्पनीको शेयर कारोबार मर्जर प्रक्रियाले गर्दा रोक्का रहेको छ ।

त्यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका ४ स्थित होटल अरनिको सभा हलमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै यस लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते देखि १६ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । मर्जर प्रक्रियामा रहेकाले उक्त कम्पनीको पनि शेयर कारोबार रोक्का रहेको छ । 

त्यसैगरी घलेम्दी हाइड्रो लिमिटेडले सासा ब्याक्वेंट नायाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।