हिमालयन बैंकसँगको मर्जरलाई अन्तिम स्वीकृती दिन नेपाल इन्भेष्टमेन्टले डाक्यो विशेष साधारण सभा

हिमालयन बैंकसँगको मर्जरलाई अन्तिम स्वीकृती दिन नेपाल इन्भेष्टमेन्टले डाक्यो विशेष साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँगको मर्जरलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा डाकेको छ।

बैंकले माघ ४ गते, मंगलबार, दरबारमार्गस्थित आफ्नो केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक लिमिटेडसँग १ बराबर १ अनुपातमा एक आपसमा गाभ्नेरगाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत फेरबदल हुने भएकोले सोही अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले पुस २५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यद्यपि हाल बैंकको शेयर कारोबार भने मर्जन प्रयोजनार्थ रोक्का रहेको छ।