कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्स बीच आन्तरिक रेमिट्यान्स भुक्तानी सम्बन्धी संम्झौता

कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्स बीच आन्तरिक रेमिट्यान्स भुक्तानी सम्बन्धी संम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
इजीलिंक रेमिट्यान्स प्रा.लि. र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ सम्झौता पत्रमा कृषि विकास वैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड (ADBL Remit) मार्फत पठाएको आन्तरिक रेमिट्यान्स (विप्रेषण) को रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका ७,००० भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो ।

हाल इजीलिंक रेमिट्यान्स प्रा.लि. ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ । ग्राहकलाई भुक्तानीमा कुनै समस्या परेमा सिधै कम्पनीको फोन नम्बर ०१–४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराउनु भयो ।