श्रृजनशील लघुवित्तको आइपीओ जारी गर्न सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

श्रृजनशील लघुवित्तको आइपीओ जारी गर्न सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ३७ लाख २५० रुपैयाँ बराकरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

श्रृजनशीलका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रीजनशीलको रजिष्टर्ड कार्यालय सिराहा जिल्लास्थित गोलबजार–७, चोरहवामा रहेको छ ।