४५% लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा

४५% लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्रस्तासिवत लाभांश पारित गर्न माघ ६ गते आठौं साधारण सभा बोलाएको छ । कम्पनीले क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा बिहान ११ बजे सभा शुरु हुने जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

साथै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्मका भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिनका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।