गरिमा विकास बैंकको दुई नयाँ शाखा धनकुटा र झापामा

गरिमा विकास बैंकको दुई नयाँ शाखा धनकुटा र झापामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ ।

यो सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।