नबिल बैंकको मोबाइल बैंकिङ्गबाट खल्ती वालेटमा पैसा राख्न सकिने

नबिल बैंकको मोबाइल बैंकिङ्गबाट खल्ती वालेटमा पैसा राख्न सकिने


बैंकिङ्ग समाचार, काठमाडौं । 
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले नबिल बैंकसँग सम्झौता गरेको छ । जसअनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सकिनेछ । 

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का यो सम्झौताले समस्त बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने बताउँछन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् । 

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी लगायतको सेवा दिँदै आएको छ 

नबिल बैंकले हाल १३५ वटा शाखा कार्यलयहरु, १८७ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।