आइतबार नेप्से ७१ अंकले बढ्यो, अधिकांश इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

आइतबार नेप्से ७१ अंकले बढ्यो, अधिकांश इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् । 

आइतबार १० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एसिएन लाईफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स,  र मध्यभोटेकोशी जलविदुत कम्पनी रहेका छन् । 

त्यस्तै, ९ प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा जनरल इन्स्योरेन्स कम्पनी, सुर्या लाईफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट, बोटलर्स नेपाल, किसान लघुवित्त वित्तीय संस्था, नेको इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र मिथिला लघुवित्त रहेका छन् ।