सिटिजन्स बैंकद्वारा नगद अमेरिकी डलरको बिक्री सुचारु

सिटिजन्स बैंकद्वारा नगद अमेरिकी डलरको बिक्री सुचारु


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले आफ्ना ग्राहकको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो । "हजुरहरुको प्रगतिको साथी" भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै बैंकले साे सेवा सुरू गरेकाे हाे ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहकहरूले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भैंसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।