लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।