लक्ष्मी बैंकले ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डुमा लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी ११अर्ब ५५ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदनतथासोहीआर्थिक वर्षको बैंकको वित्तीयविवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७/७८ मा ११७ अर्बनिक्षेप र १०८ अर्बकर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफाआर्जन गर्न सफल भएको छ ।