कामना सेवा बैंकको कामना सेवा फुटसल कप सम्बन्धमा पत्रकार सम्मेलन

कामना सेवा बैंकको कामना सेवा फुटसल कप सम्बन्धमा पत्रकार सम्मेलन


बैंकिङ्ग समाचार, काठमाडौं ।
“स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गर्न गई रहेको पहिलो "Kamana Sewa Futsal Cup 2021" प्रतियोगिताको सम्बन्धमा जानकारी गराउने उद्देश्यले हिजो पत्रकार सम्मेलन गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । बैंकका अध्यक्ष श्री सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक.श्री विश्वेश्वर सुवेदी र श्री सिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मीहरु, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।  

युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजबाट पौष ९ गते उक्त खेलको समुद्घाटन हुनेछ भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिनेछ ।  पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।

यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य श्री सुदीप आचार्यले बताउनु भयो । साथै उक्त खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि अनुरोध समेत गर्नु भयो ।