समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।