बैंकिङ्ग समाचार, काठमाडौं ।
मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ ।
कम्पनीले सभा कम्पनीको काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।सभाले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।



About Us
प्रतिक्रिया