२१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकको साधारण सभा पुस २९ गते

२१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकको साधारण सभा पुस २९ गते


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले पुस २९ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  

भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । 

सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । अग्राधिकार शेयरधनीहरुका लागि पनि बैंकले ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।