बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बजारमा तरलता प्रवाहका लागि एक साताभित्र ५२ अर्ब रुपैयाँ पठाउने भएको छ । नेपालको अर्थतन्त्र परनरुत्थान तर्फ गएका कारण कर्जा प्रभाव उच्च रहेकाले बजारमा तरलता प्रभाव गर्नका लागि उक्त रकम पठाउन लागेको बताएको छ । बुधबार राष्ट्र बैंकले आयोजना गरेको छलफल कार्यक्रममा वर्तमान आर्थिक स्थिति बारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यस्तो बताएका हुन ।
बुधबार राजधानीमा भएको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरिएको बताए । पत्रकारहरुसँग अन्तक्रिया गर्दै उनले ९२ अर्ब रुपैयाँमध्ये ५० अर्ब यसै साता र बाँकी ४२ अर्ब रुपैयाँ पुस महिनाभित्र निकासा गरिसक्ने बताए ।
यो पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा उपलब्ध गराइन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउँछन् । यसको रकम ५ करोड रुपैयाँभन्दा कमको हुन्छ ।
त्यस्तै, उक्त कार्यक्रममा पत्रकारले उठाएका प्रश्नमा जवाफ दिँदै गभर्नर अधिकारीले भने, सामान्य तय रुपमा तीन महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति भए पुग्नेमा हाल राष्ट्र बैंकसँग औसतमा ७.२ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत २५ सय अर्ब रूपैयाँ, ओभरनाइट रिपोमार्फत ६९ अर्ब रूपैयाँ, रिपो मार्फत २२० अर्ब रूपैयाँ र सोझै खरिदमार्फत २७ अर्ब रूपैयाँ प्रवाह भएको छ । कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।



About Us
प्रतिक्रिया