राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश प्रस्ताव सहित साधारण सभा बोलायो

राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश प्रस्ताव सहित साधारण सभा बोलायो


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको दरबारमार्ग स्थित कार्यालयमा रहेको सभाहलमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ ।

सभाले पूँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस वर्ष बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब १८ करोड ४८ लाख ९१ हजारको आधारमा ३० प्रतिशत बोनस शेयर र कर समेत ३ प्रतिशत नगद लाभांश गरी कुल ३३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

उक्त प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । नेपाल सरकारबाट यस बैंकको शेयर पू्ँजीमा लगानी बापतको रकम नेपाल सरकार, अर्थमन्त्रालयको नाममा कायम गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।