लाभांश प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २९ गते बिहीबार, होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।