शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २९ मा हुदै

शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २९ मा हुदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुनः शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले हाल प्रक्रियामा रहेको शतप्रतिशत हकप्रद निष्काशन गरेपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, होटल सेन्ट्रल पार्क, सौराह, चितवनमा २० औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा साढे ११ बजे भौतिक र भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

सो प्रस्तावका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।