गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको साधारण सभा आव्हान, १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको साधारण सभा आव्हान, १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनुका साथै फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।