मितेरी डेभलपमेन्ट बैंकले बोलायो लाभांश पारित गर्न साधारण सभा

मितेरी डेभलपमेन्ट बैंकले बोलायो लाभांश पारित गर्न साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको पौष ६ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको १६ औं वार्षिक साधारण सभा पौष २८ गते, (बुधबार) सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ः०० बाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्ष्यको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ अषाढ मसान्त सम्मको वासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १४ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।