नेप्सेमा आज उच्च अंकको वृद्धि हुँदा कारोबार रकम पनि झन्डै दुई गुना बढ्यो

नेप्सेमा आज उच्च अंकको वृद्धि हुँदा कारोबार रकम पनि झन्डै दुई गुना बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथोे दिन आज बुधबार उच्च अंकको वृद्धि भएको छ । मंगलबार ५६.७३ बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेको नेप्सेमा आज पनि उच्च अंकको वृद्धि भएको हो ।

आज नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आइएसडीसी लघुवित्त, हिमालयन डिष्ट्रिलर, हिमाल दोलखा हाइड्रोपावर, युनियन इन्स्योरेन्स रहेको छ । यी सबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । 

त्यस्तै, आज नबिल डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ६८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता सेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३.२६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ६८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको १५ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख रुपैयाँ, गोखार्ज फाइनान्सको १३ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ७८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ५७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ३ लाख रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी र शिवम् सिमेन्टको सेयरमूल्यमा १० प्रतिशत तथा स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आरएसडीसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज गोर्खाज फाइनान्सको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।