नेप्सेमा सुचिकृत सबै २६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, हेर्नुस् कसको कति छ

नेप्सेमा सुचिकृत सबै २६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, हेर्नुस् कसको कति छ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सुचिकृत सबै २६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म नेप्सेमा सूचीकृत सबै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका हुन ।

सबै भन्दा बढि लाभांश घोषणा गरेको नबिल बैंकले ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेका २६ बाणिज्य बैंकको औषत लाभांश १५.०४ प्रतिशत रहेको छ । जस मध्ये बोनश शेयरको हिस्सा १२.६९ प्रतिशत रहेको छ भने नगद लाभांशको हिस्सा जम्मा २.३५ प्रतिशत मात्रै छ ।

अहिलेसम्म लाभांश घोषणा गर्नेमा नेपाल एसबिआई बैंकको ५.३१ प्रतिशत रहेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै,  तेस्रोमा कृषि विकास बैंक २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

लाभांश घोषणा गर्ने मध्ये १६ वटाको बुक क्लोज भइसकेको छ । जस मध्ये कतिपयले साधारणसभाबाट लाभांश पारित गरेका छन् । त्यस्तै बाँकी १० वटाको भने बुक क्लोज हुन बाँकी छ ।

हेर्नुस् कुन बैंकले कति गरे लाभांश घोषणा :

\"\"