समृद्धि फाइनान्सको ४ हजार भन्दा बढि संस्थापक शेयर विक्रीमा

समृद्धि फाइनान्सको ४ हजार भन्दा बढि संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले ४ हजार ६१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस भन्दा अगाडि ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सूचना प्रकाशित भएको १५ दिनभित्र बाह्य खरीदकर्ताले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी निवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ एक हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।