समता घरेलु लघुवित्तको सातौं वार्षिक साधारण सभा बुधवार हुँदै

समता घरेलु लघुवित्तको सातौं वार्षिक साधारण सभा बुधवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा बुधवार  हुने भएको छ । 

कम्पनीले सभा बिहान ११:३० बजेबाट मिरोबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपालाञ्चोकमा शुरु हुने जानकारी दिएको छ ।सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले सभामार्फत शेयर संरचना ७०ः३० (संस्थापक:सर्वसाधारण) कायम हुने गरी पुन: सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले एक जना महिला सञ्चालकसहित  जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

 कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २४ गते देखि पुस ७ गतेसम्म बन्द रहने जानकारी दिएको छ । यस आधारमा मंसिर २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।