इन्फिनिटी लघुवित्तले डाक्यो लाभांश पारित गर्न साधारण सभा, पौष १५ गते बुकक्लोज

इन्फिनिटी लघुवित्तले डाक्यो लाभांश पारित गर्न साधारण सभा, पौष १५ गते बुकक्लोज


बैंकिङ्ग समाचार, काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको हिजो (पौष ५ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु ९मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।