एनएमबी बैंक सहित दुई वाणिज्य बैंक तथा छिमेक लघुवित्त सहित दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबी बैंक सहित दुई वाणिज्य बैंक तथा छिमेक लघुवित्त सहित दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुस ६ गते, मंगलबार, दुई वाणिज्य बैंक र दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

एनएमबी बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तले साधारण सभा प्रयोजनार्थ भोली अर्थात पुस ७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंक लिमिटेडले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३।३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा अठ्ठाइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३।५० प्रतिशतका दरले बोनस शेयर र १।८१ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते, शनिबार ह्वाइट हाउस पार्टि प्यालेस, दुलेगौंडा, तनहुँमा पाँचौं वार्षिक साधारण सभा डकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य लघुवित्तसँग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको मनोनयन समर्थन गर्ने, स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा।लि।को सभा हलमा २० औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्न प्रबन्धपत्रमा दफ थप गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।