सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 
कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।