नेपाल बङ्गलादेश बैंकले ल्यायो अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा

नेपाल बङ्गलादेश बैंकले ल्यायो अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np अनलाइन फिक्स डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् । 

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।