कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियुक्त भएका छन् ।

निज अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । नवनियुक्त अध्यक्ष के.सी.लाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु क्रमशः डा निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक  गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लिका सञ्चालक समिति सदस्य संजिव पौडेल, डा इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी  सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।  

नवनियुक्त अध्यक्ष के.सी.ले नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् ।