नेप्से दोहोरो अंकले घट्यो, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से दोहोरो अंकले घट्यो, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १७ दशमलव ९३ अंक अर्थात् शून्य दशलमव ७५ प्रतिशतले घटेको छ । 

यो दिन नेप्से परिसूचक २ हजार ३५८ दशमलव ८१ विन्दुमा झरेको छ । यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रू. २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मा खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोखार्ज फाइनान्स र हिमालयन डिष्टीलरी लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १५ दशमलव ३० र हिमालयन डिष्टीलरीको शेयरमूल्य रू. ६ हजार २३७ पुगेको छ । 

यो दिन सबैभन्दा बढी माउण्टेन इनर्जी नेपाल लिमिटेडका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  ६ दशमलव १७ प्रतिशत घटेसँगै शेयरधनीले धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १५ दशमलव १० मा झरेको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू.४६६ मा झरेको छ । 

यो दिन सर्वाधिक शेयर खरीदविक्री गोर्खाज फाइनान्सको भएको छ । उक्त कम्पनीको रू. १९ करोड २७ लाख १० हजार बराबरको शेयर खरीदविक्री भएको हो । दोस्रोमा हिमालयन डिष्टीलरी लिमिटेडको रू. १८ करोड ६६ लाख ४१ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ५२ प्रतिशत र लघुवित्त समूहको परिसूचक शून्य दशलमव १४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २ दशमलव २३ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४८ प्रतिशत, व्यापार समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत,होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ५६ प्रतिशत,हाइड्रोपावर समूहको १ दशमलव ९९ प्रतिशत,फाइनान्स समूहको शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । 

यस्तै निर्जीवन बीमा समूहको १ दशमलव ६७ प्रतिशत, अन्य समूहको परिसूचक २ दशमलव शून्य ९ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९ प्रतिशत र लगानी समूहको परिसुचक शून्य दशमलव ५ प्रतिशत घटेको छ ।  

यो दिनको कारोबारलाई हेर्दा लगानीकर्ताहरु संयमित हुन नसक्दा बजार घट्नेक्रम नरोकिएको जस्तो देखिएको छ ।