आईपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तको तेस्रो साधारण सभा पुस २७ गते हुने

आईपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तको तेस्रो साधारण सभा पुस २७ गते हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले साधारण शेयर ९आईपीओ० जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने तथा प्राप्ति हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।