बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पौष ३ गते शनिबार तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दिपुर माउण्टेन रिसोर्टमा सम्पन्न भएको छ । उक्त सभाले विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको मिति २०७८ आषाढ मसान्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, २०७८ आषाढ मसान्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६ रुपैयाँ नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष सृजना जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
यस वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने, वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा गरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रयायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।
त्यसै संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै संस्थाको सञ्चालक समिति अध्यक्षमा सृजना जोशी नियुक्त हुनु भएको छ ।





About Us
प्रतिक्रिया