स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ भोली अर्थात पुस ६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १५ गते बिहीबार, एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, स्वतन्त्र सञ्चालक पदमा सञ्चालक समितिबाट गरिएको नियुक्तिको जानकारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।