उन्नति सहकार्य लघुवित्तले डाक्यो एफपीओ निष्काशन र लाभांश प्रस्ताव पारित गर्न साधारण सभा

उन्नति सहकार्य लघुवित्तले डाक्यो एफपीओ निष्काशन र लाभांश प्रस्ताव पारित गर्न साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस २८ गते, होटल मौर्या, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बानेस शेयर वितरण गर्ने, सर्वसाधारण शेयर स्वामित्व अनुपादन ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ ३ पैसा बराबरको एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।