सबैको लघुवित्तको साधारण सभा ३२.६८% लाभांश पारित गर्दै सम्पन्न

सबैको लघुवित्तको साधारण सभा ३२.६८% लाभांश पारित गर्दै सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा शनिवार सम्पन्न भएको हो ।

सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशलमव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

साथै सभाले यस कम्पनी र अन्य घ वगका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बन्द गरेको थियो । यस आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।