सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए । 

शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । भुवन दाहालको आठ बर्षे कार्यकाल जनवरी २५ मा सक्किदै छ । प्रमुख कार्यकारी अधिकृत दाहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन् । त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने छन् ।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए । उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।