एचआइडिसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एचआइडिसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को लाभांश सुरिक्षत गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गते अर्थात् सोमवार बन्द गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे कम्पनीको रजिष्टर्ड कार्यलय हात्तीसार काठमाडौंमा गर्ने कम्पनीले जानकारीे गराएको हो ।