महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामी विक्रीमा

महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामी विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज ९आइतवार० देखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ७३५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक आवेदकले पुस ११ गते अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि नलाग्ने कम्पनीले जानकारी गराएको छ ।

पुस ११ गतेसम्म प्राप्त भएका बोलपत्र पुस १२ गते ११ बजे विक्री प्रबन्धक कार्यालयमा खोल्ने जानकारी गराएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।