निर्धन उत्थान लघुवित्तले ३१.०५% लाभांश पारित गर्न बोलायो साधारण सभा

निर्धन उत्थान लघुवित्तले ३१.०५% लाभांश पारित गर्न बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते २३औं साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्तापूँजीको २९ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका सदस्यको मनोनयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत सभाको लागि तय भएका छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।