सम्झौता विपरीत ब्याज नबढाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

सम्झौता विपरीत ब्याज नबढाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सम्झौता विपरीत स्थिर कर्जाको ब्याजदर नबढाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्जा अवधिभर ब्याजदर नबढाउनेगरी ऋणीसँग सम्झौता गरेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले स्थिर कर्जाको ब्याज बढाएको गुनासोपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

हाल बैंकले प्रदान गर्ने स्थिर ऋणको ब्याजदर ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपश्चात प्रत्येक ५ वर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको छ । यसमा अन्य जुनसुकै कारण देखाएर यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले थप गरेको छ ।

\"\"